छथर जोरपाटी गाउँपालिका जिल्लामा पहिलो र कोशी प्रदेशमा ८ औं
धनकुटा । स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनमा धनकुटाको छथर जोरपाटी गाउँपालिका धनकुटाका ७ स्थानिय तह मध्ये पहिलो भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार धनकुटा जिल्लामा पहिलो भएको हो । आर्थिक वर्ष २०७८- ७९ को संस्थागत क्षमता स्वमुल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८७ अंक प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार छथर जोरपाटी गाउँपालिका जिल्लामा पहिलो र कोशी प्रदेशमा ८ औं स्थानमा पर्न सफल भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो ।
त्यस्तै स्थानिय तह वितिय सुशासन जोखिम मूल्याकनमा ८२.५ अंक प्राप्त गर्दै धनकुटा जिल्लाका पालिका मध्ये पहिलो र कोशी प्रदेशका पालिका मध्ये १० औं स्थानमा पर्न सफल भएको समेत अध्यक्ष सुब्बाको भनाई थियो ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा १० वटा विषय क्षेत्र र स्थानियतह वितिय सुशासन जोखिम मूल्याकनमाका ५ क्षेत्रमा पालिकाले गरेका कामको आधारमा अंक दिने गरिन्छ ।


