धनकुटाको पाख्रीबासमा हिजोबाट बिद्युत सेवा अवरुद्द
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा बिजुली सेवा अवरुद्द भएको छ ।
जिल्लाको नगरपालिका भरिनै हिजो करिब बेलुकाको ६:३० बजेबाट बत्ती अवरुद्द भएको हो ।
हिले-पाख्रिबास लाइन अन्तर्गत हिले छेउ पानीट्यांकी क्षेत्रमा केही पड्किएको आवाज आएकोले ट्रान्फर्मरमा समस्या र तार चुंडिएको हुन सक्ने र त्यसतर्फ बिद्युत प्राधिकरण धनकुटा र पाख्रीबासका कर्मचारी उक्त स्थान तर्फ प्रस्थान गरिसकेको प्राधिकरण धनकुटाले जनाएको छ । टोली स्थलमा पुगिसकेपछि मात्रै के भएको बताउन सकिने पनि प्राधिकरणले जनाएको छ ।
टोलीले भएको खराबी पत्ता लगाइ यथासिघ्र अवरुद्द बिजुली संचालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।


