सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बने मेसी

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

आइतबार अमेरिकी मेजर सकर लिग (एमएलएस)को इन्टर मियामीलाई क्लब इतिहासकै पहिलो उपाधि दिलाएसँगै मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका हुन् ।

इन्टर मियामीका कप्तान समेत रहेका मेसीले गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई उपाधि सम्म डोहोर्‍याएका थिए ।

बार्सिलोना र पेरिस सेन्ट जर्मन (पीएसजी)का पूर्वखेलाडी मेसीले हालसम्म कुल ४४ उपाधि जितिसकेका छन् । मेसीले करिब दुई दशक बार्सिलोनामा बिताउँदा क्याटालन क्लबबाट ३५ उपाधि जितेका थिए ।

सन् २०२१ पछि दुई सिजन फ्रेन्च क्लब पीएसजीमा रहँदा मेसीले तीन उपाधि जिते । मेसीले अर्जेन्टिनाबाट पाँच उपाधि जितेका छन् ।

आइतबार भएको लिग्स कपको फाइनलमा एक गोल गरेका मेसी प्रतियोगितामा कुल १० सहित उच्च गोलकर्ता बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि मेसी नै चुनिए ।

गएको जुलाईमा मेसीलाई दुई वर्षका लागि भित्र्याएयता इन्टर मियामीले हालसम्म शतप्रतिशत नतिजा निकालेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।