विश्वकपको मस्कट सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी विश्वकप क्रिकेट २०२३ को मस्टक जारी गरेको छ । आईसीसीले भारतको गुरुग्राममा एक कार्यक्रमको आयोजना गर्दै मस्कट सार्वजनिक गरेको हो ।

आईसीसीले जारी गरेको मस्टक युवा पीढीलाई लक्षित गरी बनाइएको छ । यो मस्टक पुरुष र महिला दुवै विश्वकपको लागि बनाइएको हो ।

टाढा टाढा राष्ट्रबाट आउने यो जोडीमा विस्फोटक उर्जा र मनोरञ्जनको मिश्रण गरिएको छ । जुन सम्पूर्ण प्रशंसकको लागि अनुभव बढाउनको लागि सहयोगी हुने र आइसीसीको आयोजनालाई जीवन्त माहोल बढाउनको लागि योगदान दिने छ ।

यसको अलावा विजुलीको गतिमा आगोको गोला फ्याक्ने टर्बो–सञ्चालित भूजाका साथ महिला चरित्र शाहसी ब्याट्सम्यानलाई आश्चर्यचकित गर्नेछ । महिला चरित्रको लागि ६ पावर क्रिकेट आभूषणको एक बेल्टमा सजिएको छ ।

आइसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले आइसीसी पुरुष क्रिकेट विश्वकप २०२३ भन्दा पहिले आइसीसीको मस्टक लन्च गर्न पाउँदा खुशी व्यक्त गरे । मस्कट गतिशिल विश्वको लैङ्गिक समानताको महत्वपूर्ण भूमिको प्रतिक भएको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।