स्पेनकी कप्तान कार्मोनालाई फाइनलपछि बुवाको मृत्युबारे गराइयो जानकारी

काठमाडौं । फिफा महिला विश्वकपको उपाधि दिलाउन फाइनलमा निर्णायक गोल गरेकी स्पेनकी कप्तान ओल्गा कार्मोनाका बुवाको उक्त खेलअघि नै निधन भएको खुलेको छ ।

युवा उमेरमै स्पेनको कप्तानी सम्हालेकी २३ वर्षीया कार्मोनाले फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जित निकाल्दा निर्णायक गोल गरेकी थिइन् ।

रोयटर्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार लामो समयको रोगका कारण गएको शुक्रबार नै कार्मोनाको बुवाको निधन भएको थियो । फाइनल खेल आइतबार थियो ।

“मलाई थाहा छ, तपाईंले आज राति मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गर्नुहुन्छ । रेस्ट इन पिस बुवा,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “यसबारे जानकारीबिना नै मैले फाइनल खेलेँ । मलाई थाहा छ, केही फरक कुरा प्राप्त गर्न तपाईंले मलाई शक्ति दिनुभयो ।”

स्पेनको फुटबल फेडेरेसनले पनि कार्मोनाले फाइनलपछि निधनबारे जानकारी पाएको जनाएको छ ।

स्पेनिस फुटबल संघले सामाजिक सञ्जालमा लेखेको छ, “…कार्मोनाले आफ्नो बुवाको निधनबारे खेलपछि मात्र जानकारी पाएकी थिइन् ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖