स्वस्तिमा भन्छिन्– ‘सारुकको आत्महत्याका विषयमा नम्रताले स्पष्टीकरण दिनुपर्छ’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले अभिनेता सारुक ताम्राकारको आत्महत्याका विषयमा अभिनेत्री नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने बताएकी छन् । टेलिभिजन शो ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा उनले शो धारणा राखेकी हुन् ।

‘सारुकको आत्महत्यामा नम्रता जोडिएका कुरा मिडियामा सुन्दा म ‘सक्ड’ भएकी थिएँ । जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ’, खड्काले भनिन्, ‘हामीले घरमै गएर बुझ्दा पनि कति कुरो मिडियामा नआएको पनि पायौँ । त्यसकारण पनि उहाँले स्पष्टीकरण दिनैपर्छ जस्तो मलाई लाग्छ ।’

‘मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो । त्यो बाहेकको अर्को कुरो छैन’, उनी अगाडि थप्छिन्– ‘मिडियामा आउनुपर्छ भन्ने छैन । सारुकको आमा–बुबालाई वास्तविकता भन्नुपर्छ ।’ नम्रताले स्पष्टीकरण दिँदा सारुकको आमा–बुबालाई सान्त्वना मिल्ने उनको धारणा छ ।

सारुकसँग केही वर्ष अगाडि सिसन बानियाँको निर्देशन एक सर्ट फिल्ममा काम गरेको समेत बताएकी उनले सारुक एकदमै राम्रो मान्छे रहेको समेत बताएकी छिन् ।

सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको अनुसन्धान अझै जारी छ । सेलिब्रेटीहरुले सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने भन्दै अनुसन्धानको गहिराइमा पुग्न प्रहरीलाई दबाब समेत दिइरहेका छन् ।

आत्महत्या अगाडि सारुक अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’ अभिनयरत थिए । उनको आत्महत्यापछि सारुक र नम्रताको रिलेसनसिपदेखि विभिन्न कुराहरू समेत बाहिर आएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।