‘वडा नम्बर ६’को सिक्वेल बनाउँदै दीपक-दीपा

काठमाडौं । फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले २०७२ सालको चर्चित फिल्म ‘वडा नम्बर ६’को सिक्वेल निर्माणको तयारी थालेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले अहिले पटकथा लेखनमा काम भैरहेकोे जानकारी दिए ।

‘अहिले तीनवटा फिल्ममा काम भैरहेको छ, जसमध्ये एउटा वडा नम्बर ६ हो’ दीपकले भने, ‘यी तीनमध्ये कुनै एउटा फिल्मको सुटिङ मंसिरदेखि थाल्ने हाम्रो तयारी छ ।’ यसै महिनाको सुरुआतमा अनलाइनखबरसँग कुरा गर्दै दीपकले ‘वडा नम्बर ६’कै शैली अर्थात सामाजिक र हाँस्यब्यंग्य कथावस्तुमा फिल्म बनाउने भन्दै यस्तो संकेत गरेका थिए ।

‘वडा नम्बर ६’लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए भने यसमा दीपकसहित धुर्मुस, दयाहाङ राई, माग्ने बुढा, मुन्द्रे, प्रियंका कार्की लगायतको अभिनय थियो । फिल्मलाई दीपक र दीपाले संयुक्तरुपमा निर्माण गरेका थिए । यो फिल्मलाई समीक्षकले रुचाएका थिए ।

यो नयाँ फिल्मलाई दीपाश्रीले निर्देशन गर्ने तय छ ।

यसवर्ष निर्माण गरेर आउँदो वर्ष प्रदर्शन गर्ने तयारी छ । दीपक-दीपा अहिले नयाँ बानेश्वर चोकमा बनिरहेको मल्टिप्लेक्स हल संचालनको अन्तिम तयारीमा छन् । यो हल बलिउड फिल्म ‘जवान’लाई लक्षित गर्दै भदौ १५ देखि २१ गतेभित्र संचालनमा आउने जानकारी दीपकले दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖