सन्दीप नेपालको एसिया कप प्रशिक्षणमा अनुपस्थित

नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने दुई सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको लागि नेपालको बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् ।

मुख्य प्रशिक्षक मोन्टी देशाई आइतबार नेपाल आएपछि नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । आइतबार र सोमबार दुबै दिन सन्दीप प्रशिक्षणमा थिएनन् । नेपालले आइतबार टियु मैदानमा अभ्यास गरेको थियो । सोमबार भने वर्षाको कारण टोलीले इन्डोरमा प्रशिक्षण गरेको थियो ।

सोमबार तीव्र गतिका बलरले जिम गर्दा ब्याटर र स्पिनरले इन्डोरमा अभ्यास गरेका थिए । तर सन्दीप भने प्रशिक्षणमा थिएनन् । सन्दीप एसिया कपमा जाने वा नजाने प्रष्ट भएको छैन । एक वर्षदेखी १७ वर्षीय बालिका बलात्कार गरेको अरोप खेपेका सन्दीपको सर्वोच्च अद्धालतमा पुन मुद्धा चलेको छ ।

नेपालका कप्तान रोहित पौडेलले यदि कुनै खेलाडी एसिया कपमा जान नसके ब्याकअप तयार भएको बताए । ‘सबै जना छन् । यदि कोही गएन भने अरु पनि तयार हुनुपर्छ । विश्वकप लिग-२ देखी नै हामीले एक अर्काको ब्याकअप राख्दै आएका छौं । आशा गरौं त्यस्तो अवस्था नआउला । यदि आएमा सबै जना तयार छौं’, कप्तान रोहितले भने ।

सन्दीप दुई साता अघि ग्लोबल टि२० क्यानडा खेलेर स्वदेश फर्किएपछि अभ्यास थालेका थिए । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली एक सता अघि नै पाकिस्तान जादैछ । नेपाली टोली बुधबार पाकिस्तान जानेछ ।

नेपालको एसिया कप खेल्ने टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।