धनकुटामा सम्झना लिम्बु साउन महिनाको उत्कृष्ट प्रहरी घोषित
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवाम सम्झना लिम्बु साउन महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका लिम्बुले विभागीय मूल्य-मान्यता, आदेश- निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी शान्ति सुरक्षाको क्षेत्रमा विशेष योगदान पुयाउनुको साथै जिल्ला प्रहरी कार्यालय धनकुटाको सामुदायिक शाखामा कार्यरत रहि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न मिति, समय र स्थानमा बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रम, शाखालाई ब्यवस्थित र त्रृटिरहित तरिकाले संचालन, स्थानिय FM मार्फत पाक्षीक रुपमा प्रहरी गतिबिधि सम्बन्धी कार्यक्रम गर्न महत्वपुर्ण भुमिका निर्वाह गरी आम नागरिकमा सुरक्षाको अनुभूति गराई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी चौकी हिले धनकुटा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान सम्झना लिम्बु लाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल श्रावण “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ,कार्यालयले संजालमा बांडेको पत्रमा उल्लेख छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।



