एसिया कप क्रिकेट ः नेपालको उत्कृष्ट सुरुआत

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १० ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान क्रिजमा रहेका छन् ।

खेलमा नेपालका लागि पहिलो सफलता कप्तान रोहित पौडेलले दिलाए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका हुन् । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए । त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गराएका हुन् ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।