धनकुटा सदरमुकाम मुख्य बजार क्षेत्र हुलाकटोलमा नेपाल बैकबाट प्राप्त सडक वत्ती जडान
धनकुटा । धनकुटाको मुख्य बजार क्षेत्र वडा नं ७ को हुलाकटोलमा सडक वत्ती जडान गरिएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल बैंक लिमिटेड धनकुटा शाखाले प्रदान सडक वत्ती जडान गरिएको हो ।
धनकुटा नगरपालिका वडा नं ७ को हुलाकटोल स्थित मदन चौक देखी अस्पताल रोड हुदै ग्रिन पार्क चुवाको वोट,चार चौतारासम्मको क्षेत्रमा नेपाल बैंक लिमिटेड धनकुटा शाखाले प्रदान गरेका सडक वत्ति जडान गरिएको धनकुटा नगरपालिका वडा नं ७ का वडाध्यक्ष यूवा समाजसेवी रोशेष श्रेष्ठले वताउनु भयो ।
नेपाल बैक लिमिटेड धनकुटा शाखाका प्रवन्धक रञ्जित शाहले साजिक उत्तरदायित्व अन्र्तगत धनकुटा वडा नं ७ का वडाध्यक्ष श्रेष्ठलाई यूवा समाजसेवीहरु शैलेसमान श्रेष्ठ,दिपन श्रेष्ठ,शैलेस श्रेष्ठको उपस्थितमा २१ वटा सडक बत्ती प्रदान गर्नु भएको समाज कल्याण संस्था धनकुटा ७ का अध्यक्ष सुनिल कुमार डंगोलले वताउनु भयो ।
नेपाल बैंक लिमिटेड धनकुटा शाखबाट उपलब्ध सो सडक वत्ती हुलाक टोल क्षेत्रमा जडान गरिएको अन्य नपुग भएको क्षेत्र र धनकुटा नगरपालिका वडा नं ७ का सवै टोलहरुमा वडा कार्यालयको तर्फकाट अब चाँडै सवै टोलहरुमा तीन देखी चार वटा सम्म सडक वत्ती जडान गरिने बताईएको छ ।
धनकुटा नगरपालिका वडा नं ७ लाई उज्यालोवडा बनाउने अभियान अन्र्तगत अहिले उज्याले कार्यक्रम संचालन गरेको समेत वडाले जनाएको छ ।


