छथर जोरपाटी गाउँपालिकाले कक्षा ६ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था आफै गर्ने

धनकुटा,२५ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यायन गर्ने कक्षा ६ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था आफै गर्ने भएको छ ।

सरकारले आर्थिक बर्ष २०८०/८१ को बजेटमा कक्षा ६ मा अध्यानरत विद्यार्थीको दिवाखाजाको रकम कटौती गरे संगै गाउँपालिकाले कक्षा ६ मा अध्यानरत विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो ।

उहाँले भन्नु भयो संघिय सरकार बाट कक्षा ६ का विद्यार्थीको दिवाखाजाको रकम कटौती भएकोले त्यसको व्यावस्था पालिकाले मिलाएको छ ।

छथर जोरपाटी गाउँपालिकामा कक्षा ६ संचालित सामुदायीक विद्यालयको १३ रहेको र त्यहाँ अध्यानरत विद्यार्थीलाई भदौ १ गते देखि लागुहुने गरि दिवाखाजा बापत २० रुपैयाँ उपलब्ध गराउँने निर्णय शिक्षा समिती बाट भएको छथर जोरपाटी गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।