धनकुटाका विभिन्न विद्यालयमा यसरी मनाइयो बाल दिवस
शर्मिला राई ,धनकुटा । आज ५९ औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
बालवालिकामा लगानी सुश्चित भविष्यको थालनी भन्ने नाराका साथ मनाईएको वालदिवसको अवसरमा धनकुटाका विभिन्न विद्यालयहरुमा सँस्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रमहरु गरिएका छन् ।
जसअनुसार धनकुटा नगरपालिका १ हिले स्थितको श्री हिले माद्यमिक विद्यालयमा भलिवल, बेडमिण्टन, टेवलटेनिश लगायतका खेल सहित साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको शिक्षक दीपक घिमिरेले बताउनुभयो ।
त्यस्तैगरि पाख्रीवास नगरपालिका ८ मुगा स्थितको श्री राम माद्यमिक विद्यालयमा पनि छात्रावृती वितरण, गरिब जेहेन्दार विद्यार्थीलाई पोषाक वितरण सहित साँकृतिक र प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर राईले जानकारी दिनुभयो ।
यता धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा पनि त्यस्तै कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक नर बहादुर विश्वकर्माका अनुसार माद्यमिक तह तर्फ छात्रहरु बीच १५ सय मिटरको दौड, छात्राहरु बीच म्युजिकल्चियर,नर्सरीदेखी कक्षा ३ सम्मका विद्यार्थी बीच तातो आलु लगायतका खेलहरु खेलाईएको थियो ।
सोही अवसरमा हिमानी ट्रस काठमाण्डौबाट प्राप्त शुद्ध पीउने पानी उपयोगका लागि पानी प्यूरीफाई गर्ने बोतल नर्सरी कक्षाका वालवालिकालाई वितरण गरिएको प्रधानाध्यापक विश्वकर्माले बताउनुभयो । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङले विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि वडा कार्यलयले सधैं सहयोग गर्ने बताउनुभयो ।
नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेसँगै हरेक वर्ष भदौ २९ गते राष्ट्रिय वालदिवस मनाउन थालिएको हो ।


