धनकुटामा मोटरसाइकल दुर्घटना, पैदलयात्री सहित तीन घाइते
धनकुटा । धनकुटाको हिलेमा मोटरसाइकल दुरघटना छ । जिल्लाको छथर जोरपाटी गाउपालिका सिधुवाबाट धनकुटा तर्फ अाउदै गरेकाो प्रदेश १-०२-०४३ प २७५ नं को मोटरसाईकल दूर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा धनकुटा नगरपालिका १ हिलेका वर्ष ३२ का माेटरसाईकल चालक नवीन तामाङ (तितुङ), पछाडी सवार साेही स्थानका वर्ष ३५ का यम बहादुर तामाङ र हिले कै २ नं वाहिनी गेट नजिक बस्ने वर्ष ३० कि अर्चना राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाईते भएकाहरु मध्ये चालक नविनको दाहिने हात भाचिएको, पछाडी सवार यम बहादुरको दुबै हातमा सामान्य चोट लागेकोर पैदल यात्री अर्चनाको पछाडी कम्मर देखि मुनिको भागमा चोट लागेको छ ।
अहिले घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । मोटरसाइकल सिधुवा तिरबाट आउंदै गर्दा हिले २ नं वाहिनी गेट अगाडि दूर्घटना भएको हो भने दुर्घटनाको कारण खुलेको छैन ।


