पाख्रिबासमा सम्पन्न “जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता” मा सन्ध्या डांगी प्रथम

धनकुटा । संविधान दिवसको अवसरमा धनकुटाको पाख्रिबासमा आयोजित ‘जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता’ मा सन्ध्या डांगी प्रथम भएकी छिन् ।

“धनकुटाको आवाज : दुर्व्यसन मुक्त समाज” शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा श्री शीतलादेवी मावि,पाख्रिबासका डांगी प्रथम भएकी हुन् । त्यसैगरि ढुंगेधाराका पेशाल दाहाल दोस्रो,शीतलादेवी माबिकै प्राप्ति राउत तेस्रो र राम माबि,मुगाका अनुजा थापा सान्त्वना भएका छन् ।

प्रथम,द्वितिय,तेस्रो र सान्त्वना स्थान प्राप्त गरेका विजयी प्रतियोगीहरुले क्रमश: रु.७०००,४०००,२००० र १००० नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

समाजमा विभिन्न प्रेरणात्मक,सामाजिक कार्यहरु गर्दै आएको चेतना युथ क्लब पाख्रिबास-३ को आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

संविधान दिवसको अवसरमा वार्षिक रुपमा प्रतियोगिताको आयोजना गरि वाक कलाका प्रतिभावानहरुलाई सम्मान साथै विचारहरु प्रक्षेपण गरि समाजमा विभिन्न विषयमा चेतना फैल्याउने प्रयास गरि आएको यस क्लबले गत बर्ष सम्म नगर स्तरिय कार्यक्रम गर्दै आएकोमा यस बर्ष भने स्तरोन्नति गर्दै जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता’ को आयोजना गरिएको आयोजक क्लबले जनाएको छ ।

तस्बीर :समन श्रेष्छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।