पाख्रीवास नगरपालिकाको कृषि तथा पशुपंक्षी भवनको शिलान्यास

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको कृषि तथा पशुपंक्षी भवनको आज शिलान्यास गरिएको छ । पाख्रीवास नगरपालिका प्रमुख ज्ञान वहादुर गुरुङले भवनको शिलान्यास गर्नुभएको हो ।

२ करोड ४१ लाख लागतमा आर्थिक करिडोर कार्यालय धनकुटा मार्फत अढाई तले सुविधासम्पन्न भवन बन्न लागेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

स्थानिय श्याम गुरुङले नि:शुल्क प्रदान गर्नुभएको दुई रोपनी जग्गामा भवन बन्न लागेको नगर प्रमुख गुरुङले जानकारी दिनुभयो । भवन बनेपछि कृषि सम्बन्धि कार्यहरु गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

आगामी असार मसान्तसम्ममा सक्नुपर्ने भवन निर्माणको काम निश्चित समयावधिमै सम्पन्न गर्न अनुरोध पनि गरिएको पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धरले बताउनु भएको छ ।

फोटो :सन्तोष मानन्धरको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।