निर्माण व्यावसायीलाई कालो मोसो दलिएको प्रति नेपाल निर्माण व्यावसायी संघ धनकुटाको ध्यानकर्षण
धनकुटा,११ असोज । निर्माण व्यावसायी लाई हातपात गर्दै कालो मोसो दलि घाइते बनाएको भन्दै नेपाल निर्माण व्यावसायी संघ धनकुटा आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
धनकुटा नगरपालिका १ मा निर्माण सम्बन्धी काम गरि रहेको मालिका जे.भी कोटेश्वर काठमाडौंका व्यावस्थापक तथा आधिकारी व्यातिm चुल बहादुर कार्कि (प्रदिप) लाई असोज ९ गते क्रान्तिकारी कम्यूनिष्ट पाटीको लेटरप्याडमा भौतिक कारबाही गरिएको भनि मोहन घले संयोजक रहेको पत्र थमाई हातपात गर्दै कालो मोसो दलि घाइते बनाएको भन्दै नेपाल निर्माण व्यावसायी संघ धनकुटा आफ्नो गम्भिर ध्यानकर्षण भएको नेपाल निर्माण व्यावसायी संघ धनकुटाले जनाएको छ ।
व्यावसायी संघको तर्फ बाट विज्ञप्ती जारी गर्दै नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष प्रकाश कुमार (थुलुङ्ग) राईले पिडित चुल बहादुर कार्कि (प्रदिप) संग चन्दा मागिएको र चन्दा दिन नसकेका कारण आक्रमण भएको जानकारी पिडिलले गराएको विज्ञप्तीमा जनाइएको छ । प्रचलित कानुन लाई कुनै व्यातिm वा समुहले आफ्नो हातमा लिने कार्य निन्दनिय रहेको भन्दै निर्माण व्यावसायीहरुको सुरक्षाको माग समेत गरिएको अध्यक्ष राईले बताए ।
साथै घटनाका दोषी लाई पक्राउ गरि दण्ड सजाय नगरिएमा निर्माण व्यावसायी संघ धनकुटाले चालु अवस्थामा रहेका निर्माण कार्य अनिश्चित कालका लागि स्थगित गरि आन्दोलनमा उत्रने समेत बताए ।



