किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान- प्रदान
धनकुटा । किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस आज धनकुटामा शुभकामना आदान- प्रदान तथा स्वागत कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
किरात राई पत्रकार संघ धनकुटाद्वारा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकामा हालै मात्र सरुवा भएर आउनु भएका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईलाई स्वागत गरिएको छ ।
किरात राई पत्रकार संघ जिल्ला अध्यक्ष शर्मिला राईको अध्यक्षता तथा केन्द्रिय सदस्य नरेन्द्र कश्चितको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको बीच प्रमुख प्रशासकीय अधिकृत राईलाई राईलाई फेटा ओढाएर स्वागत गरिएको छ ।
कार्यक्रममा धनकुटामा सञ्चालित सम्पूर्ण रेडियोहरुको तर्फबाट रेडियो लालिगुरासका स्टेशन म्यानेजर विदुर खवास, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जाेङ, किरात राई पत्रकार संघका पूर्व केन्द्रीय सदस्य टकलाल राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पत्रकार महासंघ धनकुटाका सचिव हरि बहादुर लम्जेल,पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा किरात राई पत्रकार संघका सल्लाहकार विजय सन्ताेषी राई, फाेनिज प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य किरात राई पत्रकार संघ धनकुटाका सचिव जयन्ति राईले राख्नुभएकाे थियाे भने सञ्चालन सदस्य अनिता राईले गर्नु भएकाे थियाे । कार्यक्रममा पत्रकार महासंघ धनकुटाका सचिव हरि बहादुर लम्जेल,फाेनिज धनकुटाका उपाध्यक्ष मानवी माेक्तान, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनाेद घिमिरे,प्रेस चाैतारी नेपाल धनकुटाका सदस्य सन्ताेष सुवेदी, प्रेस सेन्टर नेपाल प्रदेश सचिव ईश्वर थापा, जिल्ला सचिव विपिन दाहाल, तामाङ पत्रकार संघ धनकुटाका काेषाध्यक्ष जनु तामाङ लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुकाे उपस्थिती थियाे ।
अतिथीहरुलाई संघका सदस्य सष्टिका राईले खदा अाेढाई स्वागत गर्नुभएकाे थियाे ।


