धनकुटामा किरात राई खेलकुद संघ गठन भेला

धनकुटा । सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । किरात राई यायोक्खा धनकुटाले आज धनकुटामा आयोजना गरेको किरात राई खेलकुद संघ गठन भेलामा बोल्ने वक्ताहरुले त्यस्तो वताएका हुन् ।

किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षता तथा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईको प्रमुख आतिथ्यमा सञ्चालित भेलामा बोल्दै किरात राई खेलकुद संघ केन्द्रिय कार्य समितीका अध्यक्ष सञ्जय राईले खेलकुद क्षेत्रको विकासका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्न आवश्यक रहेको वताउनुभयो । अन्य शिर्षकमा जस्तै खेलकुद क्षेत्रको विकासका लागि पनि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो ‘’शिक्षा,स्वास्थ्य लगायत शिर्षकमा जस्तै खेलकुद क्षेत्रको विकासका लागि पनि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्दछ ।‘’ उहाँले स्थानिय सरकार समक्ष खेलकुद प्रशिक्षकको व्यवस्थाको लागि माग गर्न पनि खेलाडीहरुलाई सुझाव दिनुभयो । साथै उहाँले अबका युवा पुस्ताहरुले आफ्नो भाषा, सस्कार, सस्कृती संरक्षण,संवद्र्धन प्रति चासो राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बसोवास गर्ने हरेक जातजातीको सभ्यता,संस्कार,सस्कृती संरक्षण र विकासका लागि एकअर्का वीच कार्यगत एकता हुनपर्ने समेत उल्लेख गर्नुभयो ।

सामाजिक,सास्कृतिक र राजनीतिक चेतनाको कमी भए वा चासो नराखे धेरै पछि परिने उहाले वताउनुभयो । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले पनि सस्कार सस्कृती संवद्र्धनको कुरालाई जोड दिदै पहिचानको आन्दोललाई थप प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा जोड दिएका छन् । पूर्खाको विराशत जोगाउनका लागि पनि पहिचानको आन्दोलनलाई हरेक हिसाबले सहयोग गर्न आह्वान समेत गरेका छन् ।

भेलामा राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक डिपलप राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई,नेपाल कराते महासंघ धनकुटाका अध्यक्ष लोकेन्द्र राई, किरात राई यायोक्खा पाख्रीवास नगर कार्य समितीका अध्यक्ष जितेन्द्र माङपाहाङ राई लगायतकाले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।