धनकुटा नगरको बाल मन्दिर टोलवासीले आफै गरे सरसफाई

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ को बाल मन्दिर बजार क्षेत्र स्थानीय वासिन्दाहरुले आज सरसफाई अभियान संचालन गरी सफसफाई गरेका छन ।

बाल मन्दिर टोल वस्ती संगठनको आव्हानमा आज धनकुटा नगरपालिका वडा नंं ५ को बाल मन्दिरको सम्पूर्ण टोल क्षेत्र टोल वासिहरुले सरफाई गरेको टोल वस्ती संगठनका अध्यक्ष शिवनाथ राईले वताउनु भयो ।

धनकुटाको धरहरा चौकबाट शुरु भएको सरसफाई अभियान बाल मन्दिर टोलको सम्पूर्ण क्षेत्र ,बाल मन्दिर बजार क्षेत्रमा सरसफाई गरिएको टोल वस्ती संगठनका कोषाध्यक्ष रोजी प्रधानले वताईन ।

व्यापक सरसफाई अभियान कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जेष्ठ नागरिक संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष इन्द्र श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ५ का निर्वाचित सदस्य गोविन्द राई,बाल मन्दिर टोल वस्ती संगठनका अध्यक्ष शिव नाथ राई,कोषाध्यक्ष रोजी प्रधान,पूर्व अध्यक्षहरु सुजन भाई जोशी,करिण प्रधान,पूर्व सचिव उमेश राई,यूवा समाजसेवीहरु सागर श्रेष्ठ, गृष्म श्रेष्ठ,दोयम प्रधान,विश्व भण्डारी,प्रज्वल प्रधान,हेमचन्द्र राई ,दिनेश पाचकोटी,लगायत टोलवस्ती संगठनका सदस्यहरु र बाल मन्दिर टोलवासीहरुको सहभागीता रहेको थियो ।

हामी आफै हाम्रो टोल सरसफाई गर्छौ भन्ने सोचका साथ व्यापक रुपमा बाल मन्दिर टोलमा सरसफाई गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖