फरार प्रतिवादी पक्राउ
बिराटनगर, असोज २२ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको २०७९/१०/१८ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना १६ दिन कैद र ३ हजार रुपैया जरिवाना भई फरार रहेका धरान उपमहानगरपालिका-६ का ३० बर्षीय कृष्ण भन्ने अनिल आचार्यलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्यलाई सम्मानित मोरङ जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ल कारागार मोरङ बुझाईएको छ ।


