धनकुटाको यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाको जितपुर क्षेत्रका स्थानमा भोलि विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।
धनकुटा वितरण केन्द्र अन्तर्गतको जितपुर क्षेत्रमा जितपुर फिडर फ्यूज सेवाको चेकजांच गरिने भएकोले बिद्युत सेवा अवरुद्द हुने प्राधिकरणले जनाएको छ ।
शाखाले आफ्नो फेसबुकमा लेखेको छ – नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको जितपुर फिउज सेवा को जितपुर फिडर अन्तर्गत रहेको सिधुवा देखि नेता चोक सम्मको एरिया हरुमा लाइन पेट्रोलिङ कार्य गर्नु पर्ने भएको ले मिति २०८०/०६/२५ गते बिहान ०९:०० बजे देखि साझ ५:०० बजे सम्म आहाल्र,सिरिसे,नेता चोक एरिया हरमा लाइन अबरुद्ध हुने ब्यहोरा जानकरी गराइन्छ ।



