धनकुटाका गाउँका हाटबजारमा दशैको चहलपहल सुरु
धनकुटा । जता बाटो उतै व्यापार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा दशैं बजारको चलहपहल सुरु भएको छ । दशैं तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो ।
प¥याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दशै, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डबार्डका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचो लाग्न थालेको हो । संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ ।
गाँउ–गाँउबाट खसी, बोका, बंगुर कुखुरा लगायतका पशु तथा मासुजन्य पंछी लिएर बिक्रिका लागि आउनेको संख्या पनि ह्वात्तै बढेको हो । धरान इटहरीका व्यापारी समेत खसी बोका खरिदका लागि गाउँघर पुग्न थालेका छन् जसले गर्दा गाउँघरमा समेत दशैंले एक किसमको आर्थिक चलयमानता ल्याएको धनकुटाको छथरजोरपाटी गाउँपालिकाका स्थानिय गुरुप्रसाद ओझाले बताए ।
सडक संञ्जाल विस्तार भएसँगै गाउँमै खुल्न थालेका पसलले गर्दा सदरमुकाम र चल्तीका मानिएका व्यापारिक केन्द्रमा भने व्यापार खस्कीदै गएको र यो बर्ष त झनै व्यापारमा मन्दी भएको व्यापारीहरुले बताएका छन । सडक बिस्तार भए पनि यातायत पुग्न नसकेका स्थानका सर्वसाधरण भने किनमेलका लागि सदरमुकामनै आउने गरेका छन ।
व्यापारिका लागि चार्डबार्ड कमाउने मौका बनेर आएको छ भने आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वधारणहर हैरान बनेका छन । मौकामा चौका हन्न पल्किएका व्यापारी र त्यसमा आँखा चिम्लेर समर्थन गर्ने प्रसाशन र उपभोतmा हितका लागि गठन गरिएका बिभिन्न संस्था समेत मिसावट, र कृतिम मूल्य बृद्घिका बारेमा चाल नपाए जस्तो गर्ने गलत प्रवृतिले सर्वसाधरण ठगिने क्रम बढ्दै गएको धनकुटा नगरपालिकाका स्थानिय सुवास राई बताए ।
यता उद्योग वाणिज्य संघ धनकुटाले भने चाडपर्वमा कालोबजारी नगर्न, लागत मूल्य भन्दा बढी मूल्य नराख्न , कृतिम अभाव सिर्जना नगर्न व्यापारीहरु लाई निर्देशन गरि सकिएको उद्योग वाणिज्य संघ आफैले समेत बजारको अवस्था, व्यापार, अनुगमन लगायतका बिषयमा काम गरी रहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए ।







