पाख्रिबास नगरपालिकाका सबै क्षेत्रमा आज बिद्युत अवरुद्द हुने
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका सबै वडामा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्र अन्तर्गतको पाख्रिबास फ्यूज सेवाको पाख्रिबास फिडर अन्तर्गतको हिले देखि पाख्रिबास सम्मको क्षेत्रमा चेकजांच गरिने भएकोले बिहान ९ बजेदेखि ११ बजे सम्म बिद्युत आपूर्तिमा अवरोध हुने जनाइएको छ ।
प्राधिकरणले लेखेको छ : नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको पाख्रीबास फिउज सेवा को पाख्रिबासफिडर अन्तर्गत रहेको हिले देखि पाखृबास सम्मको एरिया हरुमा लाइन पेट्रोलिङ,डिक्स पिन बदली,जम्पर कस्ने कार्य गर्नु पर्ने भएकोले मिति २०८०/०६/२७ गते बिहान ०९:०० बजे देखि दिनको ११:०० बजे सम्म पाखृबास नगरपालिका का सबै क्षेत्रहरू लाइन अबरुद्ध हुने ब्यहोरा जानकरी गराइन्छ । लाइन अबरुद्ध भै ग्राहक महानभाव हरुमा पर्न गएको असुबिधा प्रति प्राधिकरण क्षमा याचना गर्दछ ।



