धनकुटा, उदयपुर र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अबैध गाँजा खेती नष्ट

बिराटनगर, असोज २७ । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार असोज २६ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका-१,३,७ नम्वर वडाका २३ रोपनी जग्गामा लगाएको ५७ सय गाँजाको बोट नष्ट गरेको छ ।

यसै गरी उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ र ताप्ली गाउँपालिका-२ स्थितका बिभिन्न एरियामा लगाएको करिव ६२ हजार १ सय ५० बोट गाँजाको बोट नष्ट गरेको छ भने भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित मा रहेको १८ रोपनी जग्गामा लगाएको करिव ३५ सय गाँजाको बोट इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।