आज तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै

मध्यविन्दु ९नवलपरासी, ३० असोज: नवलपरासी९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिकामा आज तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० आयोजना गरिएको हो ।

बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई उनीहरूको भूमिका तथा दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताउनुभयो । “नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरसहित चितवन, रूपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकारवाला एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पु¥याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाबीच छलफल चलाइने भएको छ । सम्मेलनमा जिल्लाका आठै स्थानीय तह बाट १० देखि माथि र १९ वर्ष उमेरमुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन गरिने अध्यक्ष ढुङ्गानाले बताउनुभयो । “बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल गर्ने छौँ”, उहाँले भन्नुभयो ।

सन् २०३० सम्ममा बालविवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो । “सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ, तर अहिलेको अवस्थाले त्यो सम्भव छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि प्रभावकारी रणनीति र घोषणापत्र बनाउन यो सम्मेलन जुट्नेछ ।”

नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठवटै स्थानीय तहसहित विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूले सहकार्य गरेका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा प्रथम बालिका सम्मेलन विसं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।