पत्रकार घिमिरेको बुबाको निधनमा धनकुटा कांग्रेसद्धारा शोक ब्यक्त

धनकुटा । नेपाली कांग्रेस धनकुटाका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनिन धनकुटा जिल्लाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेका बुबा चिरन्जीवी घिमिरेको आज विहान निधन भएको छ ।

नेपाली कांग्रेस धनकुटाका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनिन धनकुटा जिल्लाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेका बुबा चिरन्जीवी प्रसाद घिमिरेको आज विहान निधन हुनु भएकोमा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई र सचिव विजय सन्तोषी राईले आज शोक विज्ञप्ती प्रकाशित गरी समवेदना व्यक्त गर्नु भएको छ ।

धनकुटा कांग्रेसका अभिभावक समेत रहनु भएका बुबा चिरन्जीवी प्रसाद घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजन प्रति समवेदना व्यक्त गरिएको धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२०००सालमा जन्मनु भएका धनकुटा कांग्रेस अभिभावक घिमिरेको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणी क्षती पुगेको समेत सभापती दिनेश राई र सचिव विजय सन्तोषी राईद्धारा जारी गरिएको उक्त शोक विज्ञप्तीमा जनाइएको छ ।

लामो समय देखी श्वास प्रश्वास रोगबाट ग्रसित भई निधन हुनु भएका स्वर्गीय घिमिरको श्रीमती राधादेवी घिमिरे,छोरा तथा बुहारीहरु तिर्थ प्रसासद÷ गायत्रा घिमिरे, खगेन्द्र प्रसाद÷ प्रमिला घिमिरे र नगेन्द्र प्रसाद÷रिना घिमिरे र छोरी ज्वाई गिता ÷ उपेन्द्र अर्याल तथा नाती नातीनीहरु हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖