वरिष्ठ क्याप्टेन सेढाईंको अन्येष्टि

काठमाडौँ, ९ कात्तिकः । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ क्याप्टेन प्रकाशकुमार सेढाईंको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

गत असोज २७ गते सोलुखुम्बुको लुक्ला विमानस्थलबाट लोबुचका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा गम्भीर घाइते हुनुभएका क्याप्टेन सेढाईंको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । क्याप्टेन सेढाईंको पार्थिव शरीर आजै काठमाडौँ ल्याइएको मृतकका मामा एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइते सेढाईंको काठमाडौँमा उपचार हुन नसकेपछि भारत लगिएको थियो ।

क्याप्टेन सेढाईँको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । स्व सेढाईंलाई छोरा सौहार्द्रले दागबत्ती दिनुभयो । सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री बुद्धिमान तामाङ, पूर्वमन्त्री शङ्कर कोइरालासहित धादिङबाट काठमाडौँ आई बसोबास गर्ने धादिङ्गबासी तथा हवाई उड्डयन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

विभिन्न एयरलाइन्स कम्पनीसँग आबद्ध भई करिब २५ वर्ष सेवा गर्नुभएका क्याप्टेन सेढाईं लामो समयदेखि मनाङ एयरलाइन्समा वरिष्ठ क्याप्टेनका रुपमा कार्यरत हुनुहुन्थ्यो । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रबाट पर्यटक, तीर्थयात्री र बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यमा स्व सेढाईंको अतुलनीय योगदान रहेको मनाङ मनाङ एयरले जनाएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।