दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्कदै
धनकुटा, १२ कार्तिक । दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्किने क्रम सुरु भएको छ ।
गाउँ गएकाहरू विस्तारै आफ्नो कर्म थालो फर्किन थाले संगै बस बिसौनी र यात्रुबाहक सवारी साधनमा यात्रुहरुको भिड बढ्न थालेको छ । दसैँ मनाउन गाउँ गएका मानिसहरू फर्कन थालेपछि धनकुटा सदुमुकाममा समेत विस्तारै चहलपहल बढ्न थालेको छ ।
दसैँको केही समय सुनसान बनेका शहर बजारमा चहल पहल बढे संगै गाउँ भने रितिदै गएका छन् ।





