धनकुटा कांग्रेसको श्रद्धाञ्जली कार्यक्रम

धनकुटा,१४ कार्तिक । नेपाली कांग्रेस धनकुटाले आज नेपाली कांग्रेस धनकुटाका अभिभावक समाजसेवी स्वर्गीय चिरन्जीवी घिमिरेको सातौ पुण्य दिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी समवेदना पत्र परिवारजनमा प्रदान गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ धनकुटा र नेपाल प्रेस युनियन धनकुटा जिल्लाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेका बुबा धनकुटा कांग्रेसका अभिभावक स्वर्गीय चिरन्जीवी प्रसाद घिमिरेको सम्मानमा उहाको निवासमा ईटहरीमा धनकुटा कांग्रेसले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

लामो समय देखि श्वास प्रश्वास रोगबाट ग्रसित भई निधन हुनु भएका स्वर्गीय घिमिरको श्रीमती राधादेवी घिमिरे,छोरा तथा बुहारीहरु तिर्थ प्रसासद÷ गायत्रा घिमिरे, खगेन्द्र प्रसाद÷ प्रमिला घिमिरे र नगेन्द्र प्रसाद÷रिना घिमिरे र छोरी ज्वाई गिता ÷ उपेन्द्र अर्याल तथा नाती नातीनीहरु हुनुहुन्छ ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका तर्फबाट सभापती दिनेश राई,पूर्व सभापतिहरु संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,अग्नी प्रसाद पौडेल,संविधान सभा सदस्य लिला सुब्बा,उपसभापति निर्मल प्रसाद ओझा,सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिङ्ग,सहसचिव गिरिजा प्रसाद दाहाल,राम वहादुर रायमाझी,जिल्ला सदस्यहरु तिर्थ राई,अम्विका धमला ,रविन्द्र नेपाली ,क्षेत्रिय सभापती राजन पौडेल,सदस्यहरु महोन वानतवा,गोविन्द्र श्रेष्ठ लगायतले स्वर्गीय घिमिरे प्रती श्रद्धाञ्जली अर्पण गरी समवेदना व्यक्त गर्नुभ एको थियो ।

यसैगरी छथरजोरपाटी गाउपालिकाको तर्फबाट अध्यक्ष तथा कांग्रेस सभापति छत्र सुब्बा,प्रदेश कार्य समिति सदस्य गोविन्द्र लिम्बु,सचिव पदम भट्टराई,वडा सभापति ढकल सिह लिम्बु,नेपाल विद्यार्थी संघ धनकुटका सचिव युवराज घिमिरेले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।

यस्तैगरी धनकुटा जिल्ला सहिदभूमी गाउपालिका नेपाली कांग्रेसको तर्फबाट सभापति टंक राई,उपसभापति भुषण राई,सचिव दिपेन राई,वडा सभापतिहरु कनक राई,सन्तोष राईले श्रद्धाञ्जली अर्पण गर्दै समवेदना व्यक्त गर्नु भएको थियो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ४ को तर्फबाट वडा सभापति हरी तिम्सिना,उपसभापति गोविन्द्र मैनाली,सदस्यहरु महेश श्रेष्ठ,टंक मगर लगायतले स्वर्गीय घिमिरे प्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना पत्र प्रदान गर्नु भएको थियो ।

यस्तैगरी नेपाल नेत्र ज्योती संघको तर्फबाट केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाईले,नेपाल शिक्षक संघ धनकुटाको तर्फबाट,अध्यक्ष थिरेन्द्र लिम्बु ,सचिव झोला भट्टराई,नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खाले र प्रजातन्त्र वादी प्रध्यापक संघ धनकुा वहुमुखी क्याम्पसको तर्फकाट प्रध्यापकहरु झमक कटुवाल,रमेश श्रेष्ठले अनी ,रेडियो भेडेटारको तर्फबाट माधव गुरागाईले स्वर्गीय घिमिरे प्रति श्रद्धाञ्जली अर्पण गरी समवेदना व्यक्त गनुृ भएको थियो ।

यसेगरी नेपाल महिला संघ धनकुटाको तर्फबाट अध्यक्ष लिला सुब्बा,उपाध्यक्ष अम्विका धमला,सहसचिव जानुका सुन्दास,धनकुटा नगर अध्यक्ष राधा बजगाईले र नेपाल तरुण दलको तर्फबाट केन्द्रिय सदस्यहरु युवराज पराजुली,तिलक महल,मदन घिमिरेले धनकुटा कांग्रेस अभिभावक स्वर्गीय घिमिरे प्रती ,द्धाञ्जली अर्पण गरी परिवारजनमा समवदना व्यक्त गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖