धनकुटामा एभोकाडो फलको कलमी बिरुवा उत्पादन
धनकुटा, १८ कार्तिक । एभोकाडोका खेतीका लागि राजधानी घोषित धनकुटामा जातको एकरुपता र फलको गुणस्तर सुधारका लागि एभोकाडो फलको कलमी बिरुवा उत्पादन सुरु गरिएको छ ।
यस अघि बिउबाट मात्रै बिरुवा उत्पादन गर्दै आएका किसान तथा नर्सरी व्यावसायीहरुले अहिले भने कलमी विरुवा समेत उत्पादन सुरु गरेका हुन् ।
जात प्रमाणित नभएका, कमसल र अपरिपक्क फलबाट उमारिएका विरुवाबाट उत्पादित फलको गुणस्तर राम्रो नभएपछि किसान र नर्सरी संचालक बिजु बिरुवाको विकल्पमा लागेका हुन ।
धनकुटामा पछिल्ला बर्षमा सुन्तला खेती विस्तापन हुदै गए पछि किसानले एभोकाडो खेती लाई प्रवद्र्धन गर्दै आएका छन् भने स्थानिय सरकारले समेत यसमा बिशेष सहयोग गर्दै आएका छन् ।


