पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा

म्याग्दी, २१ कात्तिक : म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।

बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिनुभयो । “साहित्यको माध्यमबाट यो ठाउँको प्रचार–प्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काव्ययात्रा आयोजना गरिएको हो, यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई साहित्यमार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो ।

काव्ययात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागी हुनुभएको छ । बेनीबाट मल्लाज बाँसखर्क महभिर हुँदै टोली करबाकेली पुगेको छ । यात्राका क्रममा स्थलगतरूपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागी हुन तनहुँबाट आउनुभएका गीतकार सागर उदासले बताउनुभयो ।

“स्थलगतरूपमा करबाकेली क्षेत्रको बारेमा रचना बाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख सङ्कलन पनि हुनेछ”, उहाँले भन्नुभयो, “खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काव्ययात्रा फलदायी बनेको थियो ।”

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाइ गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई केन्द्रित गरेर विसं २०७५ मा करबाकेली इको पदमार्ग सञ्चालन भएको थियो । कास्कीको वीरेढाँटी, तिखेढुङ्गा, उल्लेरी, घोडेपानी र करबाकेलीथान हुँदै बेनीलाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जङ्गलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।

करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेट्ने भए पनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करबाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ । पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामग्री, वेशभूषा, संस्कार र संस्कृति झल्कने सामग्री सङ्कलन गरी काफलडाँडामा करबाकेली सङ्ग्रहालय स्थापना गरिएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।