भूकम्प पीडितका लागि धनकुटामा संकलित रकमको विवरण सार्वजनिक
धनकुटा,२२ कार्तिक । कार्तिक १७ गते आएको भूकम्प बाट पीडित भएका जाजरकोट र रुकुमका भूकम्प पीडितहरुको सहयोगका लागि धनकुटा उद्योग वाणिज्य संघको अगुवाइमा भएको राहत संकलनमा संकलित रकम सार्वजनिक गरिएको छ ।
धनकुटा सदुरमुकाममा पत्रकार संम्मेलन गर्दै पिडितका लागि १ लाख ४२ हजार १ सय ४० रुपैया रकम संकलन भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।
उद्योग बाणिज्य संघको अगुवाइमा होटल एसोसिएसन र वितरक संघ धनकुटाले राहत संकलन अभियान चलाएका हुन् । पहिलो चरणमा धनकुटा सदरमुकामम र हिले बजारमा अभियान संचालन गरिएको उद्योग वाणिज्य संघ धनकुटाकी बरिष्ठ उपाध्यक्ष तारा तितुङ्गले जानकारी दिनु भयो ।
थोपा थोपा मिलेर सागर बनाउँने उद्धेश्यले सहयोग रकम संकलन गरिएको र उठेको सबै रकम जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री विपद् उद्धार कोषमा पठाइने उद्योग वाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष लालचन्द्र गोङ्गवाले बताउँनु भयो ।


