जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लाओेती

फेदेन(पान्थर) । जनता समाजवादी पार्टी नेपालकाे लिम्बुवान राष्ट्रिय समितिकाे अध्यक्षमा जेन्टल लाओती चयन भएका छन् । पान्थरकाे फेदेनमा भएको पुनर्गठन बैठकले लाओेतीलाई अध्यक्षमा चयन गरेको हाे ।

पार्टीका कार्यकारिणी सदस्य एवम् प्रदेश एक इञ्चार्ज रकम चेम्जोङकाे उपस्थितिमा भएको बैठकले उपाध्यक्ष रहेका लाओेतीकाे नेतृत्वमा ३५ सदस्यीय समिति गठन गरेको पान्थर जिल्ला अध्यक्ष लक्ष्मण लाओतीले सञ्जालमार्फत जानकारी दिए ।

समितिकाे उपाध्यक्षहरूमा एविराज आङदेम्बे, सञ्जय मेवाहाङ राई, अग्निमाया मेचे, मुख्यसचिवमा केदार धिमाल, सचिवहरूमा अजित धिमाल, हेमराज जिमी, सुष्मा राई र कोषाध्यक्षमा टूपेन्द्र येक्तेन रहेका छन् । ‘अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश’ नाराका साथ अजिमा हाेटलमा भइरहेको बैठकमा केन्द्रीय एवम् प्रदेश नेताहरूकाे उपस्थिति समेत रहेको छ ।

केन्द्रीय सदस्य एवम् समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा भइरहेको बैठकमा अरूणपूर्वका ताप्लेजुङ, पान्थर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, माेरङ र झापाका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको छ । पार्टीको असारमा सम्पन्न विधानसभाले १० जाेड एक राष्ट्रिय समितिहरूलाई कार्यकारिणी बनाउने निर्णयसँगै पुराना समितिहरूकाे पुनर्गठन एवम् अधिवेशन हुने क्रम चलिरहेको छ । पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।