धरान म्युजिक फेस्ट २०८० आयोजना हुँदै

धरान । लामो समयको अन्तरालपछि धरानमा आगामी मंसीर १५ शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल कन्सर्ट “धरान म्युजिक फेस्ट २०८० ” आयोजना हुने भएको छ।

स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन् लागेको बिशुद्ध सांगीतिक कार्यक्रम “धरान म्युजिक फेस्ट २०८० “को पहिलो दिन मंसीर १५ शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” संगै धोकेबाज हौ तिमी गीत बाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ।

“पहेंलो बत्ति मुनि ” को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन्। त्यस्तै अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ , तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्। उनि पहिलो पल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउंदैछिन्। सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन्।

“धरान म्युजिक फेस्ट २०८० ” को दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपाल की कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुति रहनेछ। जहिले सम्म संसार , गाला रातै ,इट्स स्लोली , फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो।

धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत ” तिमी सेतो चिल्लो गाडी ”

करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ।त्यस्तै उनको “मनका कुरा”ले युट्युबमा १७ मिलियन बढी भ्युज पाईसकेको छ भने उनको धुर्वतारा , स्पर्शसंगीत , बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाईएका छन्। अहिले काठमान्डौ लगायत बिभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेको छ। धरानमा उनी आफ्नो पहिलो ठुलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाईहरु संगै प्रस्तुति दिन एकदमै आतुर छन्।

उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई “धरान म्युजिक फेस्ट २०८० “को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ।

साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडी बढाईसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।