म तिखा प्रश्न चाहन्छु, उत्तर दिन विज्ञ खोज्नु परोस्’ : मुख्यमन्त्री कार्की

‘
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको थियो प्रश्न तिखा तिखा आउँछन् र म र्याखर्याख्ती हुन्छु । मलाई उत्तर दिनका लागि विज्ञ चाहिन्छ भनेर आशा गरेको थिएँ र आगामी दिनमा पनि आशा गर्दछु ।’ उहाँले सदनभित्र हुने गहन छलफलले उत्तर मात्रै नभई प्रतिफल पनि आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यो सरकार खबरदारी गरेको मन पराउने सरकार भएकाले प्रश्न गर्दैमा मुख्यमन्त्री मन्त्रीहरू रिसाउनुहुन्छ भन्ने संशयमा नपर्न आग्रह गर्नुभयो ।

विधेयक माथि छलफलमा प्रदेश सभा सदस्यहरु गम्बु शेर्पा, सपना दर्जी किशोर चन्द्र दुलाल, विदुर कुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल, राम प्रसाद महतोले भाग लिनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖