धनकुटा सहित अन्य जिल्लाबाट १० जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, मंसिर १२ । झापा, मोरङ, उदयपुर र धनकुटा जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत झापाको मिति २०७९।११।११ गतेको फैसलाले १ महिना ३ दिन कैद भई फरार रहेका झापाको बुद्धशान्ति गाउँपालिका- १ का ६१ बर्षिय सोमनाथ सापकोटालाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले गाउँघरबाटै पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७९।१२।२९ गतेको फैसलाले ३ महिना १४ दिन कैद सजाय तोकिएका दमक- ७ का २९ बर्षीय कमल श्रेष्ठलाई पक्राउ गरेको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलबारी तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सम्मानित मोरङ जिल्ला अदालतको बिभिन्न मितिको फैसला आदेशले चोरी मुद्धामा कैद तथा जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी, धनकुटाबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले १ जना र जिल्ला प्रहरी कार्यालय उदयपुरले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।