धनकुटाको पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगलागी हुँदा डेड लाख बराबरको क्षति

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आग्लागी हुँदा डेड लाख बराबरको क्षति भएको छ ।

शनिवार मध्येराती वडाध्यक्ष गुरागाईको डाडाखर्क स्थितको घरमा आग्लागीको घट्ना घटेको हो तर आगो कस्ले र किन लगाएको भन्ने खुलेको छैन ।

राती १२:५८ तिर खुर्शानी डढाएको जस्तो गन्ध आएपछि उठेर हेर्दा मात्र आफुहरुले आगो लागेको थाहा भएको वडाध्यक्ष गुरागाईले वताउनु भयो ।

उहाँले भन्नुभयो ‘खुर्सानी डढेको जस्तो गन्ध आएर हामी व्युझेर हेर्दा १२:५८ भएको थियो । घरको दाेश्रो तलामा सुतेको हामी भुँईतलामा आग्लागी भएको थाहा भएपछि झर्न खोज्दा भर्याङको घोप्टेमा मुनि (भुँईतला तिर)बाट चावी लगाइएको पाईयो । त्यसपछि छिमेकीलाई बोलाएर उहाँको सहयोगमा झ्यालबाट तल झर्यौं र मात्र बांच्यौ ।´

त्यसपछि छिमेकीकै सरसहयोगमा आगो निभाएको उहाँले बताउनु भयो । आग्लागीबाट भान्सा कोठामा रहेको सम्पूर्ण सामान,पाहुना कोठामा रहेको सिरक,तन्ना, डस्ना लगायतका सामाग्री जलेको उहाँको भनाई छ ।

छरछिमेक,प्रहरी सहितको उपस्थितीमा विहान घट्नाको अवलोकन गरि डेड लाख बराबरको क्षती भएको अनुमान गरिएको उहाँको भनाई छ ।

तस्बीरमा हेर्नुहोस् –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।