करुवा व्यवसायीका समस्या बुझ्दै एमाले अध्यक्ष ओली

टक्सार (भोजपुर), २८ मङ्सिर : भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिनुभएको छ । उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई दिनुभएको हो ।

करुवा लिँदै खुशी देखिनुभएका अध्यक्ष ओली आजै बिहानै भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुग्नुभयो । उहाँले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।

उहाँले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका बिषयमा कुरा गर्नुभयो । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भन्नुभयो, “मैले भोजपुरमा उपहार पाएको करुवा पनि उहाँले नै बनाउनुभएको रहेछ, यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरें ।”

व्यवसायी शाक्यले कांसका थोत्रा समान पगालेर विभिन्न नयाँ समान बनाउनुहुन्छ । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफुले बनाउँदै आएको उहाँले बताउनुभयो । देशका पूर्वप्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफुमा पनि खुशी छाएको शाक्यले बताउनुभयो । मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्राका क्रममा भोजपुर आउनुभएका ओलीले ऐतिहासिक टक्सार बजारका बिषयमा चासो राख्नु भएको हो ।

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, कांसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।

“कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महङ्गो समेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ”, स्थानीय विमल शाक्यले भन्नुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।