सहिदभूमिमा सात सय गांजाका बोट नष्ट
धनकुटा । धनकुटाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ ।
शहिदभूमि गाउँपालिका वडा नं. ७ स्थित ५ रोपनी जग्गामा अवैध रुपमा लगाइएका र प्राकृतिक रुपमा उम्रेका ७०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार पुस १४ गते खटिएको प्रहरी टोलीले गांजाको बोटहरु नष्ट गरेका हुन् ।


