धनकुटा नगरका प्रमुख प्रशासकीय अधिकृत राई सहित चार कर्मचारी सम्मानित

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रमाण पत्र प्रदान गरी उनीहरूलाई सम्मानित गरे । किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो समुदायको शिर उच्च बनाएकाले उनीहरूलाई सम्मान गरिएको किरात राई यायोक्खाले जनाएको छ ।

सम्मानित भएपछि बोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धनकुटा नगर प्रमुख तामाङलाई पनि आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।