हिले क्याम्पसमा १७ सदस्यीय सञ्चालन समिति गठन
धनकुटा । हिले क्याम्पसमा १७ सदस्यीय सञ्चालन समिती गठन गरिएको छ । चिन्तन तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको हो ।
समितीको तेश्रो साधारणसभाबाट गठित समितीका उपाध्यक्षमा भुपेन्द्र कटुवाल, चन्दा दाता सदस्यमा अमित लो, लाचन्द्र गोङवा, जमुना तामाङ, दामोदर घिमिरे,ओङदा तामाङ,खगेन्द्र प्रसाद आचार्य, सम्झना शाक्या फुलमाया विक लगायत रहेका छन् ।
त्यस्तै कृष्ण घिमिरेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिती गठन गरिएको छ । भने उमेश घिमिरेको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हिले क्याम्पसले जनाएको छ । सभामा कानुनविद जीवननाथ पौडेलको निर्वाचन मण्डलले उनिहरुलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो ।
सभामा क्याम्पसको प्रगति प्रतिवेदन क्याम्पस प्रमुख तारानाथ मिश्रले प्रस्तुत गर्नुभएको थियो । विधान मस्यौदा भावि योजना सहायक क्याम्पस प्रमुख प्रदीप फुयालले पेश गर्नुभएको थियो । शूभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरन तामाङले गुणस्तरिय शिक्षा नभएको कारणले देश ध्वस्त हुने अवस्था र्सिजना भएको धारणा राख्नुभयो ।
यो अवस्था सुधारका लागि नेपाल सरकारले भूमिका खेल्न आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रमका विशेष अतिथी ओङदा तामाङले हिले क्याम्पसलाई व्यवस्थित र नमूनाको रुपमा स्थापित गर्न वडा कार्यलय निरन्तर रुपमा लागेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनको समयमा आफुहरुले क्याम्पस व्यवस्थापन गरि सञ्चालन गर्ने भनेकोमा सो प्रतिवद्धता पूरा भएको वताउनु भयो ।
सभामा शिक्षक महासंघ अध्यक्ष नगेन्द्र भट्टाई, खगेन्द्र विष्ट,अमित लो, फूर्वा घिसिङ,लालचन्द्र गोङवा लगायतले मन्तव्य राखेका थिए ।


