सहिदभुमी गाउँपालिकामा स्थित श्री पञ्चकृष्ण माविको अभिभावक दिवस तथा नवनिर्मित भवनको उद्घाटन

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ४ स्थितको श्री पञ्चकृष्ण माविको अभिभावक दिवस तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वलेन्द्र राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच पूर्व भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले ७ कोठे तीन तले भवनको उद्घाटन गर्नुभएको हो ।

नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत प्राप्त वजेट २ करोड २ लाख लागतमा विद्यालयमा ७ कोठे, तीन तले भवन निर्माण सहित तार घेरावार गरिएको विद्यालयका प्रधानाध्यापक शम्शेर राईले जानकारी दिनुभयो । प्राप्त वजेट मध्ये साढे ४ लाख बाँकी रहेको रकम विद्यलयकी अन्य कार्यमा लगानी गरिने उहाँले वताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री राईले शैक्षिक गुणस्तर सुधार तथा विद्यालयलाई जिल्लाकै नमूना विद्यालय वनाउनका लागि नवनिर्मित भवनले सहयोग पुर्याउने वताउनु भयो । सार्थ विद्यालयको थप वृतीविकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईले पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि लागिरको वताउनुभयो ।

कार्यक्रमको अवसरमा सेवा निवृत १० जना शिक्षकहरुलाई सम्मान पत्र, माया चिनो प्रदान गर्दै खदा ओढाएर सम्मान गरिएको छ । त्यस्तै अक्षकोष दाता जेनिस स्मृती अक्षकोषदाता ताप्गेरा राई, (२५,०००) चन्द्रकला चन्द्र वहादुर स्मृती अक्षकोषका अक्षकोष दाता विन्दामान राई (८,००,०००) लाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा वडाध्यक्ष, शिक्षक, विद्यार्थी,कर्मचारी,अभिभावक तथा सामाजिक व्यक्तीत्वहरुको उपस्थिती थियो ।

कार्यक्रममा प्रधानाध्यापक राईले स्वागत मन्तव्य राख्नुभएको थियो । यो विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत छन् । यहाँ यसै वर्ष देखी प्राविधिक धार तर्फ शूरु गरेको वालिविज्ञान तर्फ २७ जना विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।