हिलेका विभिन्न खेलकुद क्लवलाई खेलकुदका सामाग्री वितरण
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेका विभिन्न खेलकुद क्लवहरुलाई आज खेलकुद सामाग्रीहरु वितरण गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमार राईले धनकुटा नगरपालिकाबाट प्राप्त कार्यपालिका सदस्यको लागि छुट्टयाईको रकमबाट खेलकुद समाग्रीहरु खरिद गरि हिलेका खेलकुद क्लवहरुलाई सामाग्री वितरण गर्नुभएको नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङले वताउनु भएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,धनकुटा नगर कार्यपालिका सदस्य दिल कुमार राई,नेपाली कांग्रेस धनकुटा जिल्लाका कोषाध्यक्ष सरस्वती मगर,सदस्यहरु रुकमान तामाङ,शान्ति खड्का,नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष अमित लो तामाङ,वडा नं। १ का वडा सभापति वीर वहादुर तितुङ,उपसभापति हरीलाल तामाङ, सविच फुर्वा शेर्पा लगायत १३ वटा खेलकुद सघ संस्थाहरुलाई खेलकुद सामाग्री प्रदान गरेका थिए । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं १ का सभापति तथा व्यूरोड हिले टोल विकास संस्थाका अध्यक्ष वीर वहादुर तितुङको अध्यक्षतमा भएको खेलकुद समाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस हिलेका नेता तथा खेलाडीहरुको सहभागीता थियो ।
हिले तेक्यान्दो डोजाङ्ग,हिले ब्याडमिन्टन क्लव,न्यूरोड व्याडमिन्टन क्लव,योङ्ग स्टार बोक्रे बरवोटे,हिले फुटवल क्लव,हिले भलिवल क्लव र हिले क्याम्पसका विद्याार्थीलाई ,खेलाडीहरुलाई करीव एक लाख भन्दा बढीको विभिन्न खेलकुद सामाग्रीहरु वितरण गरिएको नेपाली कांग्रेस धनकुटा नगरपालिका १ का सभापति तथा व्यूरोड हिले टोल विकास संस्थाका अध्यक्ष तितुङले बताउनु भयो ।


