पाख्रीवास ८ का कटुवालको गोठमा आगलागी
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ का भिम बहादुर कटुवालको गोठमा आगलागी भएको छ ।
आईतवार साँझ ७ बजे गोठमा आगलागी हुँदा १५० भारी पराल र काठहरु जलेर नष्ट भएका छन् ।
आगो ८ नं वडाध्यक्ष गजेन्द्र राई,ईलाका प्रहरी कार्यलय पाख्रीवासका प्रहरी टोली सहित स्थानिय वासिन्दाको सहयोगमा राती ९:३० बजे नियन्त्रणमा लिईएको थियो ।
वत्ती सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष राईले वताउनु भएको छ ।


