मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै

गण्डकी, ३ माघः कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ ।

उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरुङले जानकारी दिनुभयो ।

तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएकोे विद्यालयका पूर्वप्राधानाध्यापक कृष्ण पौडेलले बताउनुुभयो । उहाँका अनुसार २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै पूर्वप्राध्यानापक पौडेलले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको बताउनुभयो ।

हिमालको काखका साथै सडक सञ्जाललगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५÷३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे । यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उहाँले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताउनुभयो ।

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ ।

हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ सङ्कलन उपसमितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उहाँले हालसम्म करिब रु ५० लाख सङ्कलन भएको बताउनुुभयो । सङ्कलित रकम हीरक जयन्तीअन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताउनुभयो ।

कार्यक्रममा झाँकी प्रदर्शन, विविध खेलकुद भलिबल÷फुटबल÷बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक÷विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको छ । साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिनुुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।