दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि माङ्दवा एफसीलाई

धनकुटा । दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि माङदवा फुटवल क्लवले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक तेम्वाङ फुटवल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै माङदवा फुटवल क्लवले लगातार दोस्रो पटक उपाधी जितेको हो ।

गतवर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधी पनि माङ्दवा नै जितेको थियो । लगातार दोस्रो पटक फाइनल पुगेको आयोजक तेम्वाङ यो पटक पनि उपाधी जित्नवाट वञ्चित रह्यो । अघिल्लो संस्करणमा माङ्दवासँग आयोजक तेम्वाङ पराजित हुँदै उपविजेतामा सीमित वनेको थियो ।

दोस्रो संस्करणको उपाधी सँगै माङ्दवाले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गरेको थियो । भने उपविजेता वनेको आयोजक तेम्वाङले नगद ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफीमा चित्त वुझायो ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा रहेको खेल मैदानमा सम्पन्न फाइनल खेलमा माङदवाको लागि मिलन लिम्बूले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । तेम्वाङको लागि अनिश लिम्बुले २ गोल गरेका थिए । खेलमा दुई पटक अग्रता लिएपनि तेम्वाङले थपिएको अतिरिक्त समयमा एक गोल खान पुग्यो । जसको कारण जितवाट वन्चित भयो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिम माङदवाका मिलन लिम्बू घोषित हुँदै नगद १ हजार ५ सय रुपैया नगद प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तेम्वाङका वविन तामाङ घोषित हुँदै नगद ५ हजार रुपैया सहित ट्रफी प्राप्त गरे । त्यसैगरी उत्कृष्ट गोलकिपर माङदवाका क्रान्ति राई घोषित भए । उनले नगद ३ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताभर सर्वाधिक पाँच गोल गर्दै तेम्वाङका अनिश लिम्बु घोषित भए । उनले पनि नगद ४ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
माघे संक्रान्तिको अवसर पारेर तेम्वाङ फुटवल क्लवको आयोजनामा प्रतियोगिता संचालन भएको थियो । गत माघ १ गते देखि संचालन भएको प्रतियोगितामा आयोजक सहित १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको सहप्रायोजक जिस्टोर, सहयोगी साँगुरीगढी गाउँपालिका र साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको छ ।

समापन कार्यक्रमको प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रेफ्रिलाई वल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्रतियोगिताले प्र्रतिभावान खेलाडी छनोट गर्न सहयोग पुगेको बताउँदै गाउँपालिकाको तर्फबाट आगामी दिनमा अझ वढी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बू, २ नं. वडाध्यक्ष योगेन्द्र इवाहाङ र ६ नं. वडाध्यक्ष यमप्रकाश मगर लगायतले मन्तव्य राखेका थिए ।

तेम्वाङ फुटवल क्लवका अध्यक्ष नविन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन खेल संयोजक ममिन्द्र राईले गरेका थिए ।
सो अवसरमा प्रतियोगितालाई सफलतापूर्वक संचालन गर्न सहयोग पु¥याउने सहयोगी दाता तथा प्र्रायोजकहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।