धनकुटाबाट सरकारी कार्यालय अन्यत्र सार्न लागेको भन्दै एमालेको बिरोध

धनकुटा,७ माघ । धनकुटामा रहेका सरकारी कार्यालयलाई अन्यत्र सार्न लागेको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ ।

सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै एमाले जिल्ला कमिटी धनकुटाले धनकुटामा पत्रकार संमेलन गर्दे बिरोध जनाएको छ ।

सरकारले पाख्रिबास नगरपालिकामा रहेको राष्ट्रिय ब्यबसायीक कृषि अनुसन्धान कार्यक्रम र धनकुटा नगरपालिकामा रहेको तथ्यांक कार्यालयलाई अन्यत्र सार्न खोजेको भन्दै आईतबार पत्रकार सम्मेलन गरेर एमाले धनकुटाले बिरोध गरेको हो ।सरकारले अन्ुसन्धान कार्यालयलाई ईलाम र तथ्यांक कार्यालय खोटाङ सार्न लागेको एमालेले विज्ञप्तीमा उल्लेख गरेको छ ।

सरकारको उक्त निर्णय तत्काल फिर्ता नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी एमालेले दिएको छ । एमालेले माघ १५ गते सर्वदलिय बैठक राखेर १६ गते धनकुटामा बिरोध ¥याली गर्ने बिज्ञप्तीमा उल्लेख गरेकोछ ।सरकारले आफ्नो निर्णय नसच्याएम चरणवद्ध आन्दोलनमा उत्रने पार्टीका जिल्ला अध्यक्ष ईन्द्रमणी पराज्लीले जानकारी दिनुभयो ।

सबै प्रक्रिया पुगेर पनि धनकुटामा एक सय शैयाको अस्पताल निर्माणमा समेत बेवास्ता गरेकोले सरकार धनकुटालाई सिध्याउन लागेको संघिय साँसद राजेन्द्र राईले आरोप लगाउन् भयो । उहाँले केपी ओली सरकारको पालामा धनकुटाको बिकासको लागि बिनियोजित बजेट कटौती गरिएकोले त्यसलाई तत्काल सम्बोध गर्न पनि सरकार संग माग गर्नुभएको छ ।

आईतबार नै एमालेले जिल्लाबाट प्रदेस,संघ र सात स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । एमालेको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले कार्यालय स्थान्तरण सम्बन्धि सरकारबाट कुनै निर्णय नआएको र जिल्लाबासीहरुको मागलाई आफूले तत्काल सरकारलाई पठाईदिने जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।