श्री चन्चलादेवी वहुउद्देशीय दुग्ध सहकारी संस्था लि.धनकुटा १ हिलेको २९ औ वार्षिक साधारण सभा सम्पन्न

धनकुटा । श्री चन्चलादेवी वहुउद्देशीय दुग्ध सहकारी संस्था लि.धनकुटा १ हिलेको २९ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित सभामा ४ करोड २६ लाख ६४ हजार ८ सय ९३ रुपया बराबरको आर्थिक वर्ष २०७९/८० को प्राप्ति भुक्तानी तथा नगद प्रवाह विवरण प्रस्तुत गरिएको छ ।

सभामा सहकारी संस्थाका व्यवस्थापक भिम मल्लले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० को ६८ लाख ५ हजार ५ सय ३९ रुपयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख तामाङले किसानलाई वोनस दिएर प्रोत्साहित गर्न सुझाव दिनुभयो । उहाँले गत श्रावण महिना देखी किसानहरुले दुधको रकम नपाएको गुनासो आएको भन्दै पैसा नदिने डिडिसीको विकल्प खोज्न आग्रह समेत गर्नुभयो । किसानहरु दुध लिएर डिडिसीले कहाँ लाउछ ? त्यतिकै त फाल्दैन होला ! भन्दै दुधबाट भएको आम्दानी किसानहरुलाई दिनुपर्ने उहाँले बताउनु भयो ।

त्यस्तै जिल्ला सहकारी संघ धनकुटाका उपाध्यक्ष कमल लामिछानेले दुग्ध उत्पादक किसानहरुको समस्या समाधानका लागि जिल्ला सहकारी संघले पनि आवश्यक सहकार्य र समन्वय गर्ने उल्लेख गर्नुभयो । सभामा दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष नारद वहादुर कटुवाल, सहकारी संस्थाका उपाध्यक्ष नर वहादुर थापा लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको अवरसमा सहकारी संस्थाले वर्ष भरी उत्कृष्ट दुध ल्याने तीन जना र बढी दुध ल्याउने तीन जना किसानलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट दुध ल्याउने तर्फ प्रदीप तामाङ,अमृता तामाङ र राम बहादुर तामाङ रहेका छन् । त्यस्तै धेरै दुध ल्याउने तर्फ गजेन्द्र कार्की, ईन्द्र वहादुर बुढाथोकी र धनिमाया तामाङ रहेका छन् । उनिहरु मध्ये कार्कीले वर्षभरीमा ९ हजार ४ सय ८७ दशमलव ३ लिटर, बुढाथोकीले ८ हजार ५ सय ८६ दशमलव ९ लिटर र तामाङले ८ हजार १ सय ६३ दशमलव ८ लिटर दुध संकलन गरेको सभामा जानकारी गराईएको छ । सभामा सहकारीका जेष्ठ सदस्य ढकल हादुर कार्की लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

स्वागत मन्तव्य संस्थाका सह-सचिव खगेन्द्रलाल राईले राख्नुभएको थियो । चन्चला देवी वहुउद्श्यीय दूग्ध उत्पादक सहकारी संस्थाले वर्षिक ६ लाख ४८ हजार लिटर दूध संकलन गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖