पाँचथरमा शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर, १५ माघ : अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उहाँका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले रु दुई लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा हाल कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षामा समेत अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन तथा शैक्षिक गुणस्तर सुधार गर्न खड्का दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा भर्ना गर्ने गरेका छन् । यसलाई रोक्न अक्षयकोष स्थापना गरिएको पूर्वप्रअ खड्काले बताउनुभयो । “जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन् । अक्षयकोषबाट यसका लागि मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

झण्डै ३७ वर्ष शिक्षण पेशा गर्नुभएका एगेन्द्रबहादुरले गत वैशाख १ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको हो । त्यसयता उहाँकै श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । खड्का दम्पतीले स्थापना गर्नुभएको अक्षयकोष विद्यालयसँगको समझदारीअनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । उहाँहरुको अक्षयकोषमा रु पाँच लाख जम्मा गर्ने लक्ष्य छ ।

“मावि (कक्षा ९–१०) तहमा एउटा दरबन्दी मात्र छ । एक स्वयम्सेवक शिक्षक हुनुहुन्छ । निमावि र प्रावि तहमा पनि आवश्यकताअनुसार दरबन्दी छैन”, पूर्वप्रअ खड्काले भन्नुभयो, “विगतमा अभिभावकबाट चन्दा उठाएर विद्यालयको वृत्तिविकासमा लगानी गरेका थियौँ । सोही कुरा सम्झेर अरुलाई उत्प्रेरित गर्न अक्षयकोष स्थापना गरेका हौँ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेल सरकारले उपलब्ध गराउनेबाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालालाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको बताउनुहुन्छ । उहाँले पनि रु एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आउनुभएको छ ।

पौडेल परिवारले खम्बसिंह पौडेल स्मृति अक्षयकोष स्थापना गरेपछि अर्का अभिभावक वसन्त चाम्लिङले रु एक लाख आठ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा स्थायी, राहत, स्वयम्सेवकलगायत दरबन्दीका १२ तथा निजी स्रोतका एक शिक्षक कार्यरत छन् । उपलब्ध जनशक्तिबाट अङ्ग्रेजी माध्यममा पठनपाठन विस्तार गर्न विद्यालयले नसकिरहेको प्रअ खड्काको भनाइ छ । विसं २०१८ मा स्थापना भई ०६६ सालबाट माध्यमिक तहमा विस्तार भएको उक्त विद्यालयमा हाल १४२ विद्यार्थी अध्ययनरत छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।